चीनमा कोरोनाको दोस्रो लहर

५० दिनपछि नयाँ संक्रमित फेला

0
Shares

न्युज अफ नेपाल, काठमाडौं

 

चीनको अन्य क्षेत्रको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा बेइजिङमा नयाँ संक्रमित देखिन शुरु भएको छ ।

५० दिनसम्म कुनै संक्रमित नदेखिएको चीनमा सोमबार कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङको भएको चीनको नेशनल हेल्थ कमिसनले जनाएको छ ।

यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । चीनमा कोरोना सक्रमित देखिएपछि कोरोना महामारीको दोस्रो लहर देखिएको रुपमा त्यहाँ चिकित्सकहरुले अथ्र्याएका छन् ।

बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ । सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।