प्रतिवन्धित पार्टीमा वलात्कार, मृत्यु, छुरा प्रहार


लन्डन,(एजेनसी )

कोरना भाइरसको कवारेनटाइनको समयमा लन्डनमा आयोजित उत्तेजित गीत संगीतमा नाच्ने र मदिरा तथा लागु औषध प्रयोग गर्ने रेभ्स पार्टीमा एकजना २० वर्षीय युवकको मृत्यु भएको, एक महला वलात्कृत हुन पुगेको तथा अन्य तीनजना व्यक्ति माथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

शनिवार राति ग्रेटर म्यान्चेस्टरको डेजी नूक कन्ट्रि पार्क र क्यारिन्गटनमा आयोजित सो प्रतिवन्धित पार्टीमा करि ६ हजार मानिसको सहभागिता रहको थियो । कन्ट्रि पार्कमा ति युवकको लागु औषध ओभर डोजको कारण ज्यान गएको आशंका गरिएको छ ।

कोराना भाइरसको लकडाउनका सरासर उल्लंघन गरेका तिनीहरुको पार्टीमा हस्तक्षेप गर्ने प्रहरी माथि अत्रोसित भिडले ढुँगामुढा गरेको थियो । प्रहरीले प्रायशः रेभ्स पार्टीको परिणाम दुखद हुने गरेको अनुभव सुनाएको छ ।