पत्नी हराएकाे नाटक !


ग्रायन्डभ्यु,(एजेन्सी)

आफ्नी पत्नीलाई जेल जानबाट जोगाउने उद्देश्यले अमेरिकाको वेस्ट भर्जिनियाका एकजना पुरुषले पत्नीकाे मिलेमतोमा उनी वेपत्ता भएको झुटाे कहानी रचेका छन् ।

तर हालै जुली व्हिलर र रोड्नी व्हिलरलाई षडयन्त्र रचेको र वेस्ट भर्जिनिया राज्यका प्रहरीलाई गलत सुचना दिएको अभियोगमा गिरफतार गरिएको छ । जुली हराएको खबर उनका पति र सत्र वर्षीय छोराले प्रहरीलाई दिएका थिए ।

नेसनल पार्क सर्भिस रेन्जर लिह पकोस्की–सिस्कका अनुसार जुलीको परिवारले सो पार्क क्षेत्रको नदीको गहिरो खोचमा खसेको बताएको थियो । व्यापक खोजि गर्ने क्रममा प्रहरीले उनलाई आफ्नै घरको दराज भित्र लुकीरहेको अवस्थामा फेला पारेको थियो ।

जुलीलाई गत फ्रबु्रअरीमा ‘ पिल मिल ’ क्लिनिक अपरेसन अन्तर्गत गरिएको अनुसन्धानमा स्वास्थ स्याहारमा जालसाजी गरेको अभियोग लगाइएको थियो ।

अब जुलीलाई सो अभियोगमा अदालतले १७ जुनमा संजाय सुनाउने भएको छ । यस घटनामा उनका किशोर छोरोलाइ के संजाय हुने हो भन्ने स्पष्ट पारिएको छैन ।