भारतको दिल्लीमा भयानक घण्टी बज्दै


नयाँदिल्ली,(एजेन्सी)।

भारतको राजधानी दिल्ली कोरोना भाइरस महामारीको रेड जोन तर्फ अघ बढिरहेको छ । त्यहाँ चाँडै नै प्रत्येक सेकेन्डको स्वास्थ परिक्षण परिणाम कोभिड १९ पोजिटिभ आउने भएको छ । १३ जुन सम्म २ दशमलव ७१ परिक्षणमा एक व्यक्ति संक्रमित पाइएको थियो ।

यसको अर्थ त्यहाँ कम्तिमा ३७ प्रतिशत पोजिटिभ पाइएको छ । त्यसको मतलब परिक्षण गरिएका मध्ये एक तिहाई भन्दा बढि संक्रमित भेटिएका छन् ।

७ देखि १३ जुन सम्मको एक साताको तथ्यांक विश्लेषण गर्ने हो प्रत्येक ३ दशमलव १३ वटा परिक्षणमा एक जना संक्रमित भेटिएको छ ।

१४ मे देखि १३ जुन सम्मको यो तथ्यांक ५ दशमलव ३६ र दिल्लीमा पहिलो पटक महामारी देखिँदा यो दर ७ दशमलव ३ रहेको थियो ।