पूर्वयुवराज्ञी हिमानीको टिकटक राम्रो की नायिका करिश्माको ?

94
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लकडाउनको समयमा टिकटकले मानिसलाई समय कटाउन धेरै सहयोग गरेको देखिन्छ । टिकटमा सामान्य मानिस मात्र नभएर युवराज्ञी हिमानी शाह देखि नेपालकी चर्चित नायिका करिश्मा मानन्धर समेत व्यस्त देखिन्छन् । केही दिन अघिमात्र छोरी पूर्णिका शाहको साथमा युवराज्ञी हिमानी शाहलाई टिकटक भिडियोमा देखिएको थियो ।

शनिबारदेखि टिकटकमा जोडिएकी चर्चित नायिका करिश्मा मानन्धरले आफू अभिनित चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् । टिकटक एक चीनीयाँ एप हो जहाँ फिल्मका गित तथा अन्य मानिसको डाइलगमा आफूले हुबहु नक्कल गर्न मिल्दछ ।