टिकटकमा रमाउँदै करिश्मा (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

लकडाउनमा समयमा कटाउन कलाकारदेखि सामान्य मानिसले समेत टिकटक प्रयोग गरेको देखिन्छ ।

केही दिनअघि मात्र युवराज्ञी हिमानी शाहको टिकटक भिडियो भाइरल भएको थियो । युवराज्ञी शाहलाई समेत लोभ्याएको टिकटकले नेपाली चलचित्रकी लोकप्रिय नायिका करिश्मा मानन्धरलाई पनि आफूतिर तानेको छ । शनिबारदेखि टिकटकमा जोडिएकी मानन्धरले आफू अभिनित चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् ।

टिकटक एक चीनीयाँ एप हो जहाँ फिल्मका गित तथा अन्य मानिसको डाइलगमा आफूले हुबहु नक्कल गर्न मिल्दछ ।