दुई दिन ढिला गरि भित्रियो मनसुन



  • न्युज अफ नेपाल,काठमाडौं

मुलुकभित्र दुई दिन ढिला गरि मनसुन भित्रिएको जल तथा मौसम विज्ञा विभाग मौसम पूर्वानुमान महाशालाले जनाएको छ। महाशाखाका मौसमविद्ले यस वर्ष दुई दिन ढिला गरि मनसुन भित्रिएको जनाएको हो ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो–‘सामान्यतयाः मनसुन जुन १० मा नेपालको पूर्वी भू–भागमा प्रवेश गर्दछ। तर यस वर्ष मनसुन नेपालको पूर्वी भू–भागमा जुन १२ मा प्रवेश गरेको छ ।’

मौसम भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुंदा आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न उहाँले अनुरोध गर्नुभयो ।

नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ। मौसम्विद् अर्यालका अनुसार पूर्वी भाग हुँदै केही दिनभित्र मुलुकभर मनसुनको असर देखिने बताउनुभयो । अहिले मुलुकको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्