नायक-नायिका समान काम, असमान पारिश्रमिक !

0
Shares

रश्मी थापा ।

एकातिर केही कलाकारको पत्याउनै नसकिने पारिश्रमिक अर्कातिर पारिश्रमिकमा विभेद । नेपाली फिल्मक्षेत्रमा लामो समयदेखि सुनिँदै आएको मुद्दा हो यो । अनमोल केसी, प्रदीप खड्काजस्ता नायकहरुले आफ्नो पारिश्रमिकस्वरुप ठूलै रकम लिने गरेको समाचार र चर्चा सुनिए पनि नायिकाहरुमा भने त्यस्तो थिएन । तर पछिल्लो समय भने नायिकाहरु पनि आफ्नो पारिश्रमिक बढाउने होडाबाजीमा रहेको देखिन्छ ।

जीवनको आधाभन्दा बढी समय कलाक्षेत्रमा बिताएकी भुवन चन्द थापालाई जीवनभर काम गरेकामध्ये केबल २/३ ओटा फिल्मबाट मात्र आफ्नो पारिश्रमिक बुझेको अनुभव छ । उनले रहरका लागि फिल्ममा काम गरिन् भने जीवन धान्न र आत्मनिर्भर हुन राष्ट्रिय नाचघरमा जागिर खाइन् । ‘फिल्म खेलेर मैले त पैसा कमाइनँ, तर अहिले हिरोले ५० लाख, हिरोइनले २०/२५ लाख लिए रे भन्ने सुन्छु’ भुवन भन्छिन् ।

 

आफ्नो स्टारडमका लागि मात्र उनीहरुले यो फन्डा निकालेका हुन् भने त्यसमा उनीहरुलाई खासै फाइदा छैन । यसबाट क्षणिक चर्चाबाहेक अरु उपलब्धि हुन सक्दैन । तर साँच्चै उनीहरुले भने जति नै पारिश्रमिक बुझेका हुन् भने त्यो नेपाली फिल्मक्षेत्रकै लागि गौरव गर्ने कुरा हो । त्यसै पनि पुरुष र महिला कलाकारलाई दिइने पारिश्रमिकमा आकाश जमिनको विभेद रहने गरेको पाइन्छ । आमादेखि शुरू नेपाली फिल्म क्षेत्रको इतिहास हेर्ने हो भने प्रथम अभिनेत्री भुवन चन्द थापाको पारिश्रमिकसम्बन्धी अनुभव तीतो छ । भुवनको अनुभवमा कला बेचेर जीवन धान्ने समय थिएन त्यो बेला । न अहिले नै उनले फिल्म खेलेर कमाएकी छिन् । आफ्नो जीवनको आधाभन्दा बढी समय कलाक्षेत्रमा बिताएकी भुवनलाई जीवनभर काम गरेकामध्ये केबल २/३ ओटा फिल्मबाट मात्र आफ्नो पारिश्रमिक बुझेको अनुभव छ । उनले रहरका लागि फिल्ममा काम गरिन् भने जीवन धान्न र आत्मनिर्भर हुन राष्ट्रिय नाचघरमा जागिर खाइन् । ‘फिल्म खेलेर मैले त पैसा कमाइनँ, तर अहिले हिरोले ५० लाख, हिरोइनले २०/२५ लाख लिए रे भन्ने सुन्छु । भर्खरै मात्र एक जना हिरोइनले पनि ठूलो रकमको पारिश्रमिक लिएको समाचार सुनेको थिएँ । यसरी हाम्रो हिरो–हिरोइनले यति धेरै पारिश्रमिक पाउनु धेरै राम्रो कुरा हो ।

तर, आफूले त्यति नपाएको र अरूले लिँदा आँखाले नदेखेका कारण यसै हो भन्न सक्दिनँ र कतिको फरक छ भनेर बोल्ने कुरा पनि हँुदैन’ भुवन भन्छिन् । केही समयअघि रिलिज भएको साइनोबाट निमात्रीसमेत भएकी भुवनले आफ्नो फिल्मका मुख्य कलाकार नीता ढुंगाना, मिरुना मगरलगायतले आफ्नो पारिश्रमिक यति नै हो भनेर नमागेको र आफूले दिएको पारिश्रमिकमा खुसी भएको भुवनले बताइन् । ‘मेरो फिल्मका कलाकार भाइबहिनीहरुले तपाईंजस्तो मानिससँग फिल्म खेल्न पाउनु नै भाग्यको कुरा हो भनेर पारिश्रमिकको डिमान्ड गरेनन्’ भुवनले भनिन् ।

आफ्नो पारिश्रमिक कति राख्ने भन्ने कुरा आफूमा डिपेन्ड हुने कुरा हो । मैले डिमान्ड गरें र लिएँ । हिरो र हिरोइनबीच पारिश्रमिकको निकै डिफरेन्स छ । हिरोले धेरै लियो भने केही पनि भनिँदैन । तर हिरोइनले बढी पायो भनेचाहिँ हल्ला हुन्छ’ –नायिका पूजा शर्माको भनाइ छ । उनले यसपछि निर्माण हुने अर्को नयाँ फिल्ममा पनि आफूले २० लाख पारिश्रमिक लिएको दाबी गरेकी छिन् ।

नेपाली फिल्मक्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी पारिश्रमिक नायिका पूजा शर्माले लिएको चर्चा छ । चर्चामाथि विश्वास गर्ने हो भने पूजाले म यस्तो गीत गाउँछुबाट १६ लाख पारिश्रमिक लिएकी छन् भने पोइ पर्‍यो कालेबाट २० लाख रुपियाँ पारिश्रमिक बुझेकी छिन् । यति धेरै पारिश्रमिक लिएको चर्चा फैलिएपछि पूजाले केही विवाद पनि खेप्नुपर्‍यो । यसबारे पूजा भन्छिन्– ‘आफ्नो पारिश्रमिक कति राख्ने भन्ने कुरा आफूमा निर्भर हुने कुरा हो । मैले माग गरें र लिएँ । हिरो र हिरोइनबीच पारिश्रमिकको निकै भिन्नता छ । हिरोले धेरै लियो भने केही पनि भनिँदैन । तर हिरोइनले बढी पायो भनेचाहिँ हल्ला हुन्छ ।’ पूजा हाल म यस्तो गीत गाउँछु २ को शुटिङमा व्यस्त छिन् । उनले यसपछि निर्माण हुने अर्को नयाँ फिल्ममा पनि आफूले २० लाख पारिश्रमिक लिएको दाबी गरेकी छिन् ।

नायिका बेनिशा हमालको अनुभवमा पुरुष कलाकारको तुलनामा महिलाको पारिश्रमिक धेरै कम छ । भन्छिन्– ‘अहिले पनि नेपाली फिल्म इन्डस्ट्रीमा फिमेल एक्टरको पारिश्रमिक थोरै छ । त्यस कारण मुभीबाटै सर्भाइभ हुन गाह्रो छ । फिमेल एक्टरका लागि सजिलो भनेको विभिन्न इभेन्ट, म्युजिक भिडियो तथा एड्भर्टिजमेन्टहरूमा काम भइरहन्छ । यसले सर्भाइभ गर्न सघाउँछ’ –बेनिशा भन्छिन् ।
सुरक्षा पन्त भने नायिकाले पाउने पारिश्रमिकमा सन्तुष्ट छिन् । भन्छिन्– ‘नायिकाहरुको पारिश्रमिकको अवस्था पहिलेको तुलनामा अहिले धेरै राम्रो छ । सर्भाइभ नै हुन नसक्ने भन्ने छैन ।’ उनको अर्को अनुभव छ ‘फिल्ममा लगानी धेरै भए पनि कलाकारको पारिश्रमिकचाहिँ निकै कम छ । त्यस्तै कलाकारबीच पनि समान पारिश्रमिक छैन । कलाकार भएपछि सर्भाइभ मात्र भएर पनि पुग्दैन ।

कलाकारलाई मानिसको भीडभन्दा फरक रूपले हेरिन्छ । त्यसैले त्यहीअनुसार खानपान तथा लाइफ स्टाइललाई मेन्टेन गर्नुपर्ने हुन्छ । यी सबै कुराका लागि भने धौ–धौ नै छ ।’ वर्षमा एउटा मात्र फिल्ममा अभिनय गर्ने नायिका नम्रता श्रेष्ठ पनि आफूले पाउने पारिश्रमिकमा सन्तुष्ट छिन् । ‘राम्रो फिल्म तथा टिम छानेर काम गर्ने हो भने फिल्मबाट सर्भाइभ हुन गाह्रो छैन । म वर्षमा एउटा मात्र फिल्म गर्छु । एउटा फिल्मका लागि एक वर्ष मेहनत गरेपछि पारिश्रमिक पनि वर्षभरि गरेको मेहनतअनुसार नै लिन्छु । फिल्मबाट सर्भाइभ हुन सक्ने कि नसक्ने भन्ने कुरा कलाकारको खर्च गर्ने बानीमा पनि भर पर्छ । म त्यति खर्चालु छैन । धेरै खर्च गर्ने कलाकारका लागि नपुग्न पनि सक्छ’ उनको भनाइ छ । नायिका तथा मोडल अनु शाहको अनुभवमा भने पहिले जस्तो अहिलेको अवस्था छैन । अहिले अभिनेतासरह पारिश्रमिक लिन्छन् अभिनेत्रीहरु पनि । ‘पहिले हिरोइनको काम भनेको हिरोको वरिपरि नाच्ने मात्र हो भनेर कम पारिश्रमिक दिइन्थ्यो । तर अहिलेका फिल्ममा हिरोइनको पनि हिरोसरह भूमिका हुने भएकाले बराबर पारिश्रमिक दिइन्छ’ –उनले भनिन् ।

नायिका तथा निर्मात्री ऋचा शर्माको अनुभवमा भने नायक र नायिकाको काम समान भए पनि पारिश्रमिकचाहिँ असमान छ । भन्छिन्– ‘समान काम भए पनि पारिश्रमिकमा एकदमै विभेद छ । अहिले पनि फिल्मको अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा एकदमै डिस्क्रिमिनेसन छ ।’ नायिका वर्षा राउत भने आफूलाई पारिश्रमिक विभेदबारे थाहा नभएको तर हालसम्म काम गरेका फिल्ममा आफ्नो मेहनतअनुसारको पारिश्रमिक पाएको बताउँछिन् । ‘म अहिलेसम्म पारिश्रमिकको इस्युमा परेको छैन । तर मैले डिस्क्रिमिनेसन फिल गरेको छैन र मैले काम गरेको फिल्मबाट राम्रो पारिश्रमिक पाइरहेको छु’ –उनले भनिन् ।