सम्पत्तीका लागि सौता लाग्ने सुन्दरीहरू

0
Shares

रश्मी थापा । 

ग्ल्यामर दुनियाँका मानिसहरुको वास्तविक कहानी पनि कुनै फिल्मभन्दा कम हुँदैन । जस्तो कि बलिउडतिर हेर्ने हो भने आप्mनो प्रेम असफल भएपछि अर्को रोज्ने सुन्दरीहरु एकातिर देखिन्छन् भने केही सुन्दरी पैसा र शान शौकतकै लागि दोस्रो पत्नी बनेका पनि देखिन्छन् । कोही बलिउड नायिका इज्जत र प्रतिष्ठाका लागि सौता लागेका छन् भने केही सुरक्षित जिन्दगीको आकांक्षा पूरा गर्न पनि दोस्रो पत्नीका रुपमा भित्रिएको पाइन्छ । तीनैमध्ये केही बलिउड नायिकाको चर्चा यहाँ गरिएको हो ।

रविना टण्डन

सन् ९० को दशककी चर्चित अभिनेत्री रविना टण्डनले सुपरस्टार सलमान खानका साथ करिअरको शुरुआत गरेकी थिइन् । अभिनेता अक्षय कुमार तथा रविना प्रेममा थिए र विवाहका लागि इंगेजमेन्ट पनि गरेका थिए । फिल्म खेलाडीका खेलाडीको शुटिङको दौरान रेखा र अक्षय नजिक भएको खबर बाहिरियो । यस खबरले अक्षयका लागि करिअर छोड्न तयार भएकी रविनाले उनीबाट टाढा हुने निर्णय गरिन् । त्यसपछि निरास बनेकी रविनाका साथमा कुनै पनि फिल्म थिएनन् । पछि निर्देशक अनिल थण्डानीसँग विवाह गरेर उनी दोस्री श्रीमतीको रुपमा भित्रिइन् । उनीहरुको एक छोरा र एक छोरी छन् ।

लारा दत्त

पूर्व मिस युनिभर्स तथा बलिउड अभिनेत्री लारा दत्त टेनिस खेलाडी महेश भुपतीको दोस्री श्रीमती हुन् । लाराको प्रेममा परेका महेशको विवाह भइसकेको भए पनि उनीहरुको विवाह लामो समयसम्म टिकेन । दोस्री श्रीमती जयशंकरसँग सम्बन्धविच्छेद गरेपछि उनले लारासँग विवाह गरेका थिए । तर महेश नै लाराको पहिलो प्रेम भने थिएनन् । उनको नाम केली दोरजी, टाइगर उड्स तथा डिनो मारियाजस्ता व्यक्तिहरुका साथ जोडिएको थियो ।

शिल्पा शेट्ठी

सन् १९९७ मा फिल्म जनावरको शुटिङबाट नायक अक्षय कुमार र शिल्पा शेट्ठी नजिक भएका थिए र प्रेममा परेका थिए । फिल्म धडकनको शुटिङका दौरानमा भने अक्षयको दिल शिल्पाका लागि नभएर उनकी बेस्ट फ्रेन्ड ट्विंकलका लागि धडकिन थाल्यो । यो खबर सुनेपछि शिल्पाले हंगामा मच्चाइन् । भनिन्छ आफूसँग विवाह गर्नका लागि अक्षयले शिल्पालाई फिल्मी करिअर छोड्नुपर्ने शर्त राखेका थिए । शिल्पाले नमानेपछि अक्षयले शिल्पालाई धोका दिएका थिए । सन् २००० मा अक्षयसँग ब्रेक अप भएपछि शिल्पाले २००९ मा ब्रिटिस व्यापारी राज कुन्द्राका साथ विवाह गरेकी हुन् । राजकी पत्नी कविताले पतिले आफू र आफ्नी छोरीलाई शिल्पाका लागि छोडेको भन्ने आरोप पनि लगाएकी थिइन् । शिल्पालाई दोस्रो पत्नीका रुपमा भिœयाएका राज एक सय मिलियन डलरका मालिक हुन् ।

श्रीदेवी

अभिनेत्री स्व. श्रीदेवी निर्माता बोनी कपुरको दोस्री पत्नी बनिन् । भनिन्छ श्रीदेवीको अभिनेता मिथुन चक्रवर्तीसँग प्रेम थियो र उनीहरुले गुपचुप रुपमा विवाह गरेका थिए । जब यो कुरा मिथुनकी पत्नी योगिताले थाहा पाइन्, उनले आत्महत्याको प्रयास गरिन् । यो सब भएपछि मिथुन श्रीदेवीलाई छोडेर योगिताका साथ बस्न थाले । बोनी श्रीदेवीलाई निकै मन पराउँथे, तर उनी मिथुनको नजिक भएपछि बोनीले मोनासँग विवाह गरे । जब श्रीदेवी एक्लै परिन्, फेरि बोनीको मन उनीमाथि फर्कियो । सन् १९९५ मा श्रीदेवीको आमाको ब्रेन ट्युमरको अप्रेसन भयो । यो दुःखद घडीमा बोनीले श्रीदेवीलाई निकै सहयोग गरे । सन् १९९६ मा उनीहरुले विवाह गरे । बोनीको पहिलो श्रीमती मोनाको पनि निधन भइसकेको छ भने उनका तर्फबाट एक छोरा नायक अर्जुन कपुर रहेका छन् । श्रीदेवीका दुई छोरीहरु जान्वी र खुसी छन् । जान्वीले यही वर्ष फिल्म धडकबाट आमाको पथ पछ्याइन् भने उनकी बहिनी खुसी पनि बलिउडमा प्रवेश गर्ने सोच बनाइरहेकी छिन् ।

करिना कपुर

बलिउड नायिका कट्रिना कैफको नाम एकताका चकलेटी नायक साहिद कपुुरसँग जोडिएको थियो । उनीहरुको प्रेम कहानीको बारेमा हर कोही जानकर थिए । उनीहरु दुवैले सार्वजनिकरुपमै यस सम्बन्धलाई स्विकारेका थिए । उनीहरु सन् २००४ मा फिल्म फिदामा काम गर्दा नजिकिएका थिए । जब वी मेटको शुटिङका क्रममा भने उनीहरु एक अर्काबाट टाढा हुन थाले । भनिन्छ ब्रेकअपको केही समयसम्म करिना साहिदसँग प्याचअपको कोसिस गरिरहेकी थिइन् तर यो सफल हुन सकेन । उनीहरुले कहिल्यै पनि आफ्नो ब्रेकअपका बारेमा सार्वजनिक रुपमा बोलेनन् । करिना सन् २०१२ मा अभिनेता सेफ अलि खानको दोस्रो पत्नी बन्न पुगिन् । सेफको पूर्वपत्नी अमृता हुन् । साहिदले भने सन् २००१७ मा मीरासँग विवाह गरे ।

करिश्मा कपुर

नायक अभिषेक बच्चनसँगको इंगेजमेन्ट टुटेपश्चात् नायिका करिश्मा कपुरले उद्योगपति सञ्जय कपुरसँग विवाह गरेकी थिइन् । डिभोर्सी सञ्जयको दोस्री पत्नीका रुपमा भित्रिएकी करिश्मा पतिसँग ११ वर्ष सँगै बिताएपछि सम्बन्ध विच्छेद गरेर एक्लै बसिन् भने सञ्जयले आफ्नी प्रेमिकासँग विवाह गरे ।

जुही चावला

सन् ९० को दशककी चर्चित अभिनेत्री जुही चावलाले सन् १९९० मा उद्योगपति जय मेहतासँग विवाह गरेर उनको दोस्रो पत्नी बनिन् । जयको पहिलो श्रीमती सुजाता थिइन् । हाल उनीहरुको एक छोरा र एक छोरी छन् । जय करिब २ मिलियन ४३ करोड डलरबराबरको सम्पत्तिका मालिक हुन् ।

रानी मुखर्जी

अभिनेत्री रानी मुखर्जी अभिनेता गोविन्दाको प्रेममा चुर्लुम्म डुबेकी थिइन् । फिल्म हद करदी आपनेको शुटिङको क्रममा नजिक भएका उनीहरुको प्रेमको हल्ला सन् २००२ मा फैलिएको थियो । एकपटक गोविन्दा रानीको फ्ल्याटमा अर्धनग्न अवस्थामा भेटिएको समाचार पनि बाहिरियो । यो कुरा उनकी श्रीमती सुनिताले थाहा पाएपछि छोडपत्र मागिन् । गोविन्दा रानीसँग विवाह गर्न चाहन्थे तर उनको सारा सम्पत्ति सुनिताको नाममा भएका कारण सुनितालाई छोडपत्र दिएनन् र रानीबाट टाढा भए । यसरी छोडिएकी रानी केही समयपछि फिल्मकर्मी आदित्य चोपडाको प्रेममा परिन् । उनीहरुको प्रेमका कारण आदित्यकी पत्नी पायलले असहज महसुस गरिन् र उनी सम्बन्ध विच्छेदसम्म पुगिन् । यसको कारण रानी भनिए पनि रानीले आदित्यको सम्बन्ध विच्छेदपछि मात्र आफूले उनलाई प्रेम गर्न थालेको भन्दै आइरहेकी छिन् । पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेदपश्चात् रानी आदित्यको दोस्रो पत्नी बनिन् ।