तस्वीरमा पोज दिन सिंहको खुट्टा भाँचियो

0
Shares

मस्को, (एजेन्सी)

रुसमा समुद्रको तटमा छुट्टी मनाउन आउने पर्यटकसँग तस्वीर खिच्दा पोज दिने क्रममा भाग्न नसकोस् भनेर सिंहको एक निर्बोध बच्चाको खुट्टा नै भाँचिदिएको घटनाले सबैलाई स्तब्ध तुल्याएको छ । यस अमानवीय घटनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि हैरान भएका छन् । उनले यस घटनाको जाँचको आदेश दिएको छ ।

यो डमरु केही हप्ताको मात्र हुँदा उसकी आमाबाट खोसेर पर्यटकसँग तस्वीर खिचाउन बाध्य बनाइएको हो । जब यो ठूलो हुँदै गयो, भाग्न नसकोस् भनेर उसको खुट्टा नै भाँचियो ।

सिम्बा नामक उक्त डमरुको स्वास्थ्य स्थिति यस बर्बरतापछि अत्यन्तै खस्केको र उसको ढाडको हड्डीमा पनि गम्भीर चोट लागेको डेली मेल अखबारले जनाएको छ । डमरुलाई उद्धार गरेकी युलिया अगिवाका अनुसार उसलाई केही खान पनि दिएको थिएन ।

युलिया र उनका साथीले सिम्बालाई जनावरका विशेषज्ञ डाक्टर केरने डेलाक्यानकोमा लिएर गए । धेरैजसो फोटोग्राफरले जंगली जनावर भाग्न नसकून् भनेर उनीहरूको खुट्टा भाँचिदिने गरेको उनले बताए ।

डेलाक्यानले सिम्बाको उपचार गरिदिएको छ तर अहिले पनि उसलाई समस्या छ । डेलाक्यानले यस विषयमा राष्ट्रपति पुटिनलाई इकोलोजिस्टहरूसँग भएको एक भिडियो कन्फ्रेन्समा जानकारी दिएका थिए ।

त्यसपछि पुटिनले सिम्बामाथि यो क्रूर व्यवहार गर्ने र उसका साथीविरुद्ध कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसपछि यस घटनालाई लिएर जाँच शुरू गरिएको छ ।