पोखरामा पिसिआर परिक्षण ढिलाई, पर्वतको स्वाब चितवन र काठमाडौं पठाइयो

0
Shares

  • न्युज अफ नेपाल,पर्वत

पोखरा स्थित गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट कोरोनाको पिसिआर परिक्षणको रिर्पोट आउन ढिलाई भएपछि पर्वतमा संकलित थ्रोड स्वाब काठमाडौं र चितवनस्थित ल्याबमा पठाउन थालिएको छ ।

पर्वतबाट परिक्षणका लागि श्वास पठाएको एक हप्ता सम्म रिर्पोट नआएपछि नयाँ संकलित थ्रोड स्वाब चितवन स्थित प्रयोगशालामा पठाइएको हो । पर्वत जिल्लामा भारत र तेस्रो मुलुकबाट आएका र आइसोलेसनमा उपचाररत रहेका संक्रमितहरुको बिहीबार श्वास संकलन गरिएकोे छ ।

पर्बतको शिवालय क्वारेन्टिनमा बसेका ४२ जना बन्दा होटलको क्वारेन्टिनमा बसेका ९ जना र कोरना अस्पतालको आईसुलेशनमा रहेका ९ जना गरी ६० जनाको स्बाव संकलन गरी परीक्षणको लागि पठाईएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा। शिशिर देवकोटाले जानकारी दिनुभयो । देबवकोटाका अनुसार काठमाडौमा ३० जना र चितवनमा ३० जना को स्बाव परीक्षणको लागि पठाईएको हो । उनीहरुको रिर्पोट शनिबार भित्रमा आउने बताईएको छ ।

पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको श्वाबको रिर्पोट एक हप्ता सम्म आएको छैन । पर्वत जिल्लाबाट पठाइएको १ सय ६७ जनाको परिक्षण रिर्पोट आउन बाँकी छ । लामो समय सम्म रिर्पोट नआउँदा क्वारेन्टाईनमा बसेकाहरुले असन्तुष्टि जनाउँदै मंगलबार र बुधबार होहल्ला समेत गरेका थिए ।

बुधबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी , पर्वतका प्रहरी प्रमुख डिएसपी बिश्वराज अधिकारीले कुस्माको शिबालय माबिमा सञ्चाललित क्वारेन्टाईनमा पुगेर सम्झाउने र गलत गर्नेलाई काबार्ही गर्ने चेतावनी समेत दिनुभएको थियो ।

गण्डकी प्रादेशिक प्रयोगशालामा धेरै संख्यामा नमुनाहरु होल्डमा बसेका कारण रिर्पोट आउन धेरै समय लागेको हुदाँ नयाँ ठाउँमा पठाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । यता गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने प्रयोगशालामा क्षमता भन्दा धेरै संकलित नमुना आएका कारण परिक्षणमा ढिलाई भएको बताएको छ ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले अहिले पनि १ हजार ६ सय ६७ संकलित नमुनाको रिर्पोट आउन बाँकी छ । प्रादेशिक प्रयोगशालामा दिनरात गरि परिक्षण गरिरहेको र पुनपरिक्षणको काम पनि चलिरहेको छ । प्रदेश सरकारको सहयोगमा क्षयरोग सेन्टरमा थप दुई वटा मेसिन जडानको काम सकिएका कारण आइतबार देखि भने दैनिक ५ सय वटा नमुना परिक्षण गर्न सकिने छ । एक हप्ता अलि गाह्रो भएको हो उहाँले भन्नुभयो नयाँ मेसिन सञ्चालनमा आएपछि होल्डमा रहने अबस्थाको अन्त्य हुनेछ ।