पत्रकार महासंघ युरोप शाखाको अधिवेशन कोरोनाका कारण स्थगित

0
Shares

न्युज अफ नेपाल,स्पेन ।

नेपाल पत्रकार महासंघ युरोप शाखाले अनलाइन जुम मार्फत भर्चुअल अनलाइन बैठक मंगलबार विभिन्न प्रस्तावहरुमा ब्यापक छलफल गर्दै सम्पन्न भएको छ । कोरोना कहरमा नेपाली समुदायहरुको दैनिकी जनजीवनमा पर्न गएको कष्टर अवस्थालाई मध्यनजर गर्दै राज्यलाई झकझक्याउने उद्धेश्यका साथ नेपालीहरूको अवस्था र कोरोना भाइरससंग सम्बन्धित सही सुचना संप्रेषणलाई तिब्रता दिएको थियो ।

महासंघ युरोप शाखाले विश्वभर रहेका पत्रकारहरूसंग अन्तर्क्रियासंगै युरोपभर विभिन्न देशहरुमा अप्रिल पहिलो साताबाट सुरु गरेको सिलसीलेवार १८ औ श्रृंखलासम्म आइपुग्दा हालसम्मका गतिविधिहरुका बारेमा समिक्षा गरिएको थियो ।

सहभागीहरुले शाखाले यस विषम परिस्थितिमा विभिन्न देशका नेपाली हरुको गतिबिधिहरु जन समक्ष उजागर गरेर संथाको साख राख्न सकेको उल्लेख गर्दै काम गर्दै जादा कमि कमजोडीहरु सच्चाउदै जानुपर्नेमा जोड दिएका थिए । प्राबिधिक रुपमा सहयोग पुर्‍याउनु भएकाले संघका सदस्य रबिचन्द्र भट्टराईलाई विशेष धन्यवाद दिएको थियो ।

स्मारिका प्रकाशनका बिषयमा छलफल गर्दै स्मारिका उप-समितिकाका संयोजक तथा संघका सचिब वाई बि गुरुङ र संथाका अध्यक्ष केजिन राईले स्मारिका प्रकाशन सम्मका गतिविधिहरुमा जानकारी गराएका थिए ।

स्मारिका प्रकासन सम्म आइपुग्दा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने बिज्ञापनदाता सुभचिन्तक ,संघसंथाहरुलाई धन्यबाद दिदै उप(समितिका संयोजक वाई बि गुरुङ लगाएत संघका सचिब पेम्बा गेलु शेर्पा र महेश कुमार खाति अनी प्रेम परियार् र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश चाम्लिंगलाई विशेष धन्यबाद दिइएको थियो ।

महासंघ युरोप शाखाको आगामी २४ जुनमा पदावधि सकिने भएकाले कोरोना महामारीका कारण उपयुक्त समय र परिस्थिति नभईन्जेल सम्म म्याद थपिएको जानकारी गराईएको छ भने सामान्य परिस्थिति बनेपछी केन्द्र संग समन्वय गर्दै अगाडी बढ़ने निर्णय गरेको छ ।

विविध प्रस्तावहरूमा तिन जनाले संक्षेपमा शब्द चयन बरिष्ठ उपाध्यक्ष अम्माइले शब्द सच्याउन माग गरेका थिए भने पोर्चुगल शाखा संयोजक तथा महासचिव छन्त्यालले नेपाल देखि शाखा हस्तान्तरण गरेकाहरूको सम्बन्धमा अध्यक्षको पाकेटका मान्छे भनि मिटिङ्मै उपस्थित पत्रकारहरूलाई बाहिर जानुस् भन्दै गल्तीका पत्रकार नामकरण गरेर अपमान गरेका थिए । अध्यक्ष राईले आगामी बैठकमा अन्य विषय वस्तुमा आवश्यक परे छलफल गरिने बताएका थिए । अनलाइन बैठकमा दुई तिहाइ कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।