शाहीको हत्याको छिटो अनुसन्धान गर्न माग

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार राति घाँटी र हातखुट्टा काटिएको अवस्थामा घर नजिकैको मकै बारीमा फेला मृत फेला ३८ वर्षीय अमित शाहीको हत्याको चाँडो भन्दा अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । काठमाडौं सतंगल निवासी शाही गोदावरी नगरपालिका टौखेलमा मासु पसल सञ्चालन गर्दै आएको थियो ।

मंगलबार राति ११ बजेसम्म शाही कोठामा टिभी हेरिरहेका थिए । त्यसको दुई घण्टापछि शाहीलाई हत्या गरिएको अवस्थामा भेटिएको थियो ।हत्या भएको सो स्थान मकैबारी रगतले लतपतिएको थियो । बुधबार विहान करिब साढे १ बजेतिर प्रहरीलाई घटनाबारे थाहा भएको र थाहा पाउनसाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अरुण कुमार भट्टराई नेतृत्वको प्रहरी घटनास्थलमा पुगेको थियो ।

शाहीको शव निर्मम ढंगले क्षतविक्षत गरिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख एवं प्रहरी नायब निरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।बुधबार बिहान साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

पोष्टमार्टमको रिपोर्ट आउन ढिलाई भएको कारण साँझसम्म पनि पार्थिव शरीरको दाहसंस्कार गरिएन ।मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन् । मृतकका आफन्त र स्थानीयले भने शाहीलाई हत्या गरिएको बताउँदै चाँडोचाँडो भन्दा अनुसन्धान गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।