पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई पक्राउ

0
Shares

  • घनश्याम बगाले,नवलपरासी

पश्चिम नवलपरासीको पाल्हिनन्दन २ मुडेराबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ७ उजैनीका ४१ वर्षीय चन्द्रिका राठौर र २१ वर्षका अजय राठौर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अमानिगंजबाट गस्तीमा गएको प्रहरी टोलीले दक्षिणबाट उत्तर आउदै गरेको लु १३ प ४३६५ नम्वरको मोटरसाईकल चेक गर्ने क्रममा लागुऔषद सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले राठौर द्धयको साथबाट फेनारगन २ सय ३८ एम्पुल, डाईजोपाम १ सय ५८ एम्पुल र नुफ्रिम १ सय ९६ एम्पुल प्रतिवन्धित लागु औषध मंगलबार बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई लागु औषध मुद्धामा अनुसन्धान भईरहेको जिप्रका नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताउनु भयो । बताईए अनुसार पक्राउ परेका चन्द्रिका राठौरलाई यस अघि पनि लागु औषध बेचविखनमा संलग्न रहेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।