कोरोना संक्रमितको संख्या बढ्दो

0
Shares

  • न्यूज अफ नेपाल,काठमाडौं

कोरोना संक्रमणको परिक्षण पिसिआर विधिबाट गर्नुपर्ने माग अघि सार्दै मंगलबार देखि युवाहरु वालुवाटार घेराउ लगायतका आन्दोलनमा उत्रिएका छन् । प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा उत्रेका युवाहरुलाई पानीका फोहोरा हान्ने देखि लाठीचार्ज गर्ने र पक्राउ गर्ने सम्मका कार्य गरिरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको र कोरोना संक्रमण नियन्त्रणका लागि राज्यकोषबाट ठूलो धनराशी खर्च भएको बिषयमा युवाहरुले आवाज उठाउन थालेका हुन् । विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको आरडिटि परिक्षणलाई बन्द गरि पिसिआर परिक्षण गरि आम नागरिकको स्वस्थ भएर बाच्न पाउने अधिकारको रक्षाको माग गर्दै युवाहरु सडकमै उत्रिएका छन् ।

नेपालमा आज पनि २ सय ७९ जना कोरोना संक्रमित प्रमाणित भएका छन् । जसमा २ सय ५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसैगरि ९० जना उपचारपछि निको भएर कोरोनालाई जित्दै घर फर्किएका छन् । बुधबार कोरोनालाई जितेर घर फर्कनेमा ८८ जना पुरुष र २ जना महिला रहेका छन् ।

२४ घण्टामा ४ हजार ४ सय १४ जनाको पिसिआर परिक्षण गरिएको र हाल सम्म कुल १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआर परिक्षण र १ लाख ७२ हजार ८ सय ८० जनाको आरडिटि परिक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मिडिया व्रिफिङमा जानकारी गराउनुभयो ।

उहाँले हाल सम्म क्वारेन्टिनमा १ लाख ७२ हजार २ सय ६६ जना रहेको र कलसेन्टरमा दर्ता भएका मध्ये १ जना रेडजोनमा रहेको र ३ हजार ६ सय ७५ जना आईसुलेसनमा विभिन्न अस्पतालमा राखी उपचार भैरहेको र १५ जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।