सल्यानमा बालिका करणी गरेको आरोपमा एक पक्राउ

0
Shares

  • सरिता चलाउने,सल्यान

सल्यानमा १३ बर्षिया बालिका जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ रातमाटाका ५६ बर्षिय नन्दे लोहारलाई बालिका जबरजस्ती करणी उद्योगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रातामाटाको जंगलमा बालिका बाख्रा चराउदै गर्दा लोहारले जबरजस्ती करणीको प्रयास गरेका थिए । पिडित बालिकाले घरमा खबर गरे पछि लोहारलाई ५ दिनपछि पक्राउ गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जनाकारी दिए । प्रकाउ परेका लोहारलाई १० दिनको म्याद थप गरी अनुसन्धानको लागी हिरासतमा राखिएको उनले बताए ।