[अपडेट] कालीकोटमा टिपर दुर्घटना २ जनाको मृत्यु,१० जना घाईते

0
Shares

  • कालीबहादुर मल्ल,कालीकोट

कालीकोट जिल्लाको लालिघाट बजार नजिकै वुधवार विहान ९ः ३० वजे टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ३ जना वेपत्ता र १० जना घाईते भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताउनु भएको छ ।

नगरपालीकाका नागरिक भारत र रामेछाप जिल्लाबाट आएका क्वारेन्टिनमा राख्नकालागी रास्कोट लिएर जादै गरेको नगरपालिकाको ना।८ ख ५१३३ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राष्कोट नगरपालीका २ कि २३ बर्षीय शर्मिला सार्की,२१ वर्षीय ठम्मि सार्कि रहेका छन् उनिहरुको शव भेटिएको छ भने ६ जना अझै वेपत्ता छन्।

यसै टिप्पर दुर्घटनामा घाईते हुनेमा राष्कोट नगरपालिका २ का अनिता सार्कि,गोविन्द सार्कि,कमला सार्कि,निल सार्कि,विवेक चौधरी,देवराज सार्कि, निस्पता सार्कि,मिन सार्कि र गोपाल सार्कि रहेका छन्।

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल मान्म पुगाएको डिएसपी ओलियाले जानकारी गराउनुभयो । वेपत्ता हुनेहरुमा राष्कोट नगरपालीकाकै कुल सार्कि,धरुपा सार्की,प्रकास सार्की,कमर सार्की,सोविन्द्र सार्की र धिर सार्की रहेका छन्।

वेपत्ता हुनेको खोजि कार्यका लागी कालिकोट जिल्ला स्थित नेपाली सेना,जिल्ला प्रहरी लगायतका अन्य निकाय लागी परेका छन्। ३९ जना आजै राष्कोट जाने भनेर उक्त टिपरमा केही मान्छेहरु चढेर पनि बीचैमा झरेका थिए।