न्युज अफ नेपाल, रुपन्देही ।
रुपन्देहीको एक पालिकामा मंगलबार राती बाबुले आफ्नै छोराको हत्या गरेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
काकाको घरको छतमा सुतेका सुदिपलाई राती १ बजेतिर छतमै गई बन्चरो प्रहारबाट हत्या गरेको बताइएको छ।
टाउको र मुखमा गम्भीर चोट लागेका सुदिपको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।
हत्यामा संलग्न बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया