नेपालको वृद्धिदर १.८ प्रतिशतमा सीमित हुन्छ: विश्व बैंक


नेपाल समाचारपत्र, काठमाडौं

कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १ दशमलव ८ प्रतिशतमा सीमित हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२१ मा २ दशमलव १ प्रतिशतमात्रै वृद्धिदर हुने पनि प्रक्षेपण गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुग्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले गरेको प्रक्षेपणमा यस वर्ष विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले नकारात्मक हुने देखिएको छ । यो दोस्रो विश्व युद्धपछिको अर्थतन्त्रमा देखिएको सबैभन्दा अवस्था भएको बैंकको भनाइ छ ।

विश्व बैंकले सन् २०२० को ग्लोबल इकोनोमिक प्रोस्पेक्टस् सार्वजनिक गर्दै सन् १८७० यता सबैभन्दा धेरै प्रतिव्यक्ति आयमा कमी आएको समेत जनाएको छ ।

त्यस्तै, एड्भान्स इकोनोमी भएका देशको अर्थतन्त्र भने सन् २०२० मा ७ प्रतिशतले घट्ने देखिएको छ । आन्तरिक वस्तुको माग र आपँर्ति, व्यापार तथा वित्त क्षेत्रमा नकारात्मक असर परेकाले विकसित बजार तथा विकासोन्मुख अर्थतन्त्र २ दशमलव ५ प्रतिशतले घट्ने अनुमान गरिएको छ । समग्रमा हेर्दा अर्थतन्त्रमा ६० वर्षमा संकुचन आउने देखिएको छ । त्यस्तै प्रतिव्यक्ति आय पनि ३ दशमलव ६ प्रतिशतले घट्ने र लाखौं मानिसहरू अति गरिबीमा जाने प्रक्षेपण विश्व बैंकको छ ।

कोरोना भाइरसको महामारीले ठँलो असर गरेका देशहरूमा सबैभन्दा ठँलो असर पर्ने र यसले विश्व व्यापार, पर्यटन, वस्तु निर्यात तथा बाह्य वित्तमा ठँलो असर पर्ने देखिएको छ । यसले क्षेत्रीय स्तरमा समेत ठँलो असर गर्नेछ ।

त्यस्तै, विकासोन्मुख बजार तथा देशको बाह्य अर्थतन्त्रमा असर पर्ने र यसले विद्यालय, आधारभँत स्वास्थ्य सेवामा मानिसहरूको पहुँच कम हुने र यसले मानव पुँजी विकासमा संकुचन आउने विश्व बैंकले बताएको छ ।
‘यो गहिरो गरी बुद्धिमतापँर्ण तरिकाले अध्ययन गरिएको छ, महामारी अझ लामो समयसम्म जाने र यसले विश्वमा ठँला परिवर्तन ल्याउनेछ’, विश्व बैंक ग्रूपका इक्विटेबल ग्रोथ, फाइनान्स एन्ड इन्स्टिच्युसनका उपाध्यक्ष केयला पाजारबासिओग्लुले भन्नुभयो– ‘हाम्रो पहिलो प्राथमिकता विश्वको विश्वव्यापी स्वास्थ्य तथा आर्थिक संकटकाललाई सम्बोधन गर्नु हो, त्यससँगै विश्व समुदायलाई सहजरूपमा अति गरिबी तथा बेरोजगारीमा जानबाट बचाउनु, पुनरुत्थान र पुनर्निर्माण गर्नु हो ।’

हालसम्म गरिएको प्रक्षेपणका आधारमा सन् २०२१ मा विश्वको अर्थतन्त्र रिबाउन्ड भई ४ दशमलव २ प्रतिशतको वृद्धि अनुमान गरिएको छ भने अति विकसित देशको अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले रिबाउन्ड हुने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, महामारीले रिकभरीको बाटोमा रहेको नेपालको पर्यटन क्षेत्रमा समेत ठँलो असर परेको विश्व बैंकले रिपोर्टमा उल्लेख गरेको छ ।

विश्व बैंकका अनुसार नेपाल, भुटान, श्रीलंका, माल्दिभ्सजस्ता देशमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा अर्थतन्त्रमा योगदान भएको भए पनि महामारीले त्यसमा समेत ठँलो असर गरेको छ ।

नेपालमा एक तिहाइ पर्यटक चीन र भारतबाट मात्रै आउने गरेको र महामारीका कारण सरकारले गरेको अन्तर्राष्ट्रिय सीमा तथा उडानमा लगाएको रोकका कारण यसले आगामी दिनमा ठँलो असर पर्ने उल्लेख गरिएको छ । त्यसले पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्षरूपमा सञ्चालित बजार, आपँर्ति, आन्तरिक उत्पादन तथा निर्माणमा समेत असर परेको छ ।