न्युज अफ नेपाल, बारा ।
बारा जिल्लाको सशस्त्र प्रहरी बल लागुऔषध नियन्त्रणमा सकृय देखिएको छ । मंगलबार राती बाराकाे बिश्रामपुर गाउँपालिका-४ स्थित बलिरामपुर ईलाकामा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरिक्षक हरिप्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले भारतबाट जबरजस्ती नेपालतर्फ प्रबेश गरेका एक व्यक्ति लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
बाराकाे कलैया उपमहानगरपालिका-५ बस्ने बर्ष २१ को जिवनकुमार शर्राफलाई ना ५ प ३६९८ को हिरोहण्डा मोटर साईकल र NITRAVET ५६ वटा ट्याबलेट, NUVIN – ४ वटा (ईन्जेक्सन), DIAZWLAB – ४ वटा (ईन्जेक्सन), FINARAGN – ४ वटा (ईन्जेक्सन), ONEREX – ३ बोतल (१०० ML को बोतलमा), ६०० ML को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतल सहित नियन्त्रणमामा लिएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताउनु भयो ।
लकडाउनको समयमा लागु औषध प्रयोगकर्ता बढेको र ओसारपसार हुन लागेको बिशेष सुराकीको आधारमा उल्लेखित ब्यक्ति नियन्त्रणमा लिन सफल भएको कुरा उपरिक्षक सुबेदीले बताउनु भयो ।
नियन्त्रणमा लिईएका ब्यक्तिसँग भारतीय नागरिक अक्षयकुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली ब्यक्तिहरुको नागरिकताको प्रतिलिपी समेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।
थप आबश्यक अनुसन्धान तथा कारबाहीको लागि ब्यक्ती, लागु औषध र मोटर साइकल नेपाल प्रहरिलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । गत साता पनि सोही गाउँपालिका अन्तरगतबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागु औषध सहित ब्यक्ति नियन्त्रणमा लिएको थियो ।











प्रतिक्रिया