युवा अभियान्ताहरुले गराए १ सय ७४ जनाको स्वास्थ्य परीक्षण

निःशुल्क औषधि वितरण

0
Shares

  • रामधन राई,खोटाङ

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका युवाहरुले दीर्घ रोगीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको छ । कोरोना नियन्त्रणमा सचेतना फैलाउन क्रियाशील युवा जागरण कोरोना नियन्त्रण अभियानमा जुटेका युवाहरुले नगरपालिकाको १० नम्वर वडा पाथेकामा १ सय ७४ जना स्थानीयको स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि वितरण गरेको हो ।

अभियानका संयोजक कविराज रिजालका अनुसार डाक्टर जोन खकुरेललाई पाथेका पु¥याई सोमबार दीर्घरोगी तथा औषधी सेवन गर्न नपाएकाहरुलाई स्वास्थ्य परीक्षण गराई औषधि वितरण गरिएको हो । यस्तै, ५ सय ४० थान सर्जिकल माक्स, १० पिस सेनिटाइजर, ६० वटा सावुनका साथमा कोरोनाबाट बच्न जनचेतनामूलक सन्देश फैलाउदै गाउँका स्थानीयलाई वितरण गरेका छन् ।

अभियान्ताहरुले वडा कार्यालय पाथेकालाई ५० वटा हात धुने सावुन , सर्जिकल माक्स ५० थान , ११ पिस सेनिटाइजर, ग्लोब्स सय थान उपलव्ध गराएका छन । त्यस्तै अस्थायी प्रहरी चौकी तालखर्कलाई सर्जिकल माक्स ५० थान , सेनिटाइजर ३ पिस निःशुल्क प्रदान गरिएको जनाईएको छ ।