भारतबाट हलेसी आएका ३३ जना क्वारेण्टिनमा

0
Shares

  • रामधन राई,खोटाङ

भारतबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आएका ३३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतका विभिन्न स्थानबाट एकैसाथ आएका ३३ जनालाई मंगलबारदेखि स्वास्थ्यचौकी महादेवस्थानको क्वारेन्टाइनमा राखिएको हो ।

झापामा हप्ता/दश दिन बिताएका उनीहरु को १ ख ७९६२ नम्बरको बसमार्फत नगरपालिका आइपुगेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । स्वास्थ्य चौकी महादेवस्थानमा आईतबार पनि भारतबाट आएका ३ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पनि भारतबाट आएका दुई जनालाई क्वारेन्टीनमा राखिएको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेको भनाई छ ।भारत तथा तेश्रो मुलुकबाट आउने स्थानीयलाई राख्नका लागि नगरपालिकाले स्वास्थ्य चौकी महादेवस्थानलाई खाली गरेर क्वारेन्टाइन बनाएको छ ।

स्वास्थ्य चौकीको ओपिडि सेवालाई पञ्चकर्म सेवामा र प्रशुती सेवालाई स्वास्थ्य चौकी दुर्छिममा सारेर क्वारेन्टीन बनाइएको नगरप्रमुख इवन राईले सुनाउनुभयो । भारत तथा तेश्रो मुलुकबाट आउने नागरिकको संख्याका आधारमा क्वारेन्टाइनको बेड थप गर्दै लगिने जनाईएको छ ।