झडपमा युवाको मृत्यु

0
Shares

  • रामधन राई,खोटाङ

खोटाङस्थित खोटेहाङ गाउपालिका–३ सावा कटहरेमा एक आपसमा झगडा हुँदा एक युवाको ज्यान गएको छ । जेठ २६ गते राती १२ बजे एक आपसमा झगडा हुँदा २८ वर्षीय सन्तोष राईको ज्यान गएको हो ।

उक्त घटनामा संलग्न आशंकामा १८ वर्षदेखि ४५ वर्षसम्मका ६ जनालाई प्रहरीले नियन्त्रण गरेको छ । यद्यपि यसमध्ये को–को संलग्न छन् भन्ने अनुसन्धानपछि खुल्ने इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षण सूर्यनारायण माझीले बताउनुभयो ।

विद्यालय निर्माण गर्ने विषयमा सामान्य विवाद हुँदा झगडा भएको बुझिएको माझीको भनाई छ । नियन्त्रणमा लिइएकाहरुमा अनुसन्धानपछि मात्र तथ्य खुल्ने उहाँले जनाउनुभयो । माझीका अनुसार घटनास्थलमा काठका चिर्पट र बाँसका भाटा फेला परेका छन् । मृतकको शव पोष्टमार्टमका लागि चिसापानीस्थित प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको छ ।