मानसिक अवस्था ठिक नभएकी महिलामा समेत कोरोना संक्रमण,कन्ट्याक्ट ट्रेसिङमा समस्या

0
Shares

  • न्युज अफ नेपाल,धादिङ

धादिङको मानसिक अवस्था ठिक नभएकी एक जना महिला सहित १७ जनाा कोरोना पोजेटिभ देखिएको छ । गजुरी गाउँपालिका –५ घाटबेसी क्षेत्रमा एक महिनादेखि वेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिए पछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभयो ।

बेवारिसे अवस्थामा भेटिएपछि नियमित खाना खुवाउने लगायतका कार्य गर्ने समेतलाई पिसिआर जाँच गर्नका लागि गाउँपालिाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाएको छ।

सडकमा डुलि हिड्ने वेवारिसे महिला भएकोले गाउँपालिकाले उद्धारगरि पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पिसिआर रिपोर्ट माग गरेपछि परिक्षण गरिएको थियो ।

परिक्षण पछि कोरोना लक्षण देखिएकोले उहाँसंग सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्न समेत समस्या आएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोग समेत भएको आसंका गरिएको छ । महिला आफैँमा बोल्दा अगाडकिो कुराहरु सम्झेर बोल्न रकुरा गर्न सक्ने हालतमा समेत नभएकोले कन्ट्याक ट्रेसिङमा समस्या आएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभयो । कोरोना पोजेटिभ देखिएको उहाँको स्वाव जेठ २१ गते संकलन गरिएको थियो ।

यसैगरिनिलकण्ठ नगरपालिकाको क्वारेनटाइनमा बसीरहेका १६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट रोजगारी गरेर घर फर्किएर नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइमा बसिरहेका १६ जनामा जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको धादिङ अस्पतालका सुचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो ।

कोरोना संक्रमितहुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नं १ का १७ बर्षका पुरुष, वडा नं २ का २२ बर्षका पुरुष, वडा नं ३ का ४० बर्षका पुरुष, वडा नं ५ का ३० र ३५ बर्षका पुरुष, वडा नं ११ का ४२ र ५५ बर्षका पुरुष, वडा नं १४ का १४, २३, ३५, ४५, ५० बर्षका पुरुषहरु तथा २१, २७, ३६ बर्षका महिला र २० महिनाको बालिका रहेको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

आज १६ जना थपिएकामा १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।उनिहरुको आरडिटि परिक्षण जेठ २१, २२ र २३ गते गरिएको थियो । आरडिटिमा पोजेटिभ आएपछि जेठ २४ गते स्वाब संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको थियो । यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २३ पुगेको छ । ३ जना कोरोना निको भएर घर गइसकेका छन् ।