संक्रमितलाई तराई झार्न सास्ती, बोलेरोमा आवतजावत

0
Shares

  • न्युज अफ नेपाल,नवलपरासी

पूर्वी नवलपरासीको पहाडी बौदिकाली गाउपालिकामा मंगलबार एकै दिन १२ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार १९ देखि ४० वर्ष सम्मका पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

स्थानीय शारादा निमावि क्वारेन्टाईनका १७ जनाको पिसीआर परीक्षण गर्दा ११ जनामा कोभिड १९ देखिएको थियो ।
यसरी नै धर्मात्मा माविका २५ मध्ये १ जनामा पोजेटिभ तथा अन्य सबैको नतिजा नेगेटिभ रहेको छ । डेडगाउं माविका २१ जनामा २१ स्वाव नेगेटिभ आए पछि करिव २२ दिन क्वारेन्टाई बसी सकेका सवैलाई मंगलबारै विदाई गरिएको थियो ।
पालिकाको विभिन्न क्वारेन्टाईनमा बसेका ६३ जनाको स्वाव संकलन गरी पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रयोशालामा परीक्षण गरिएको हो । पहाडको विकट क्षेत्र बौदिकालीबाट संक्रमित युवाहरुलाई १ एम्वुलेन्स र अर्को बोलेरोमा राखी तराई झारेर प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा पठाइएको छ ।

संक्रमित युवाहरु भारतको पंजावबाट आएर यही जेठ १० र ११ गते देखि गाउंकै क्वारेन्टाईनमा बस्दै आएको गाउंपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार पछिल्लो समय गाउं पालिकाको बोबोक, ब्यागन, नगरडाडा लगायतका क्वारेन्टाईनमा बसेका करिव ८० जनाको स्वाव संकलन कार्य बुधबार हुने छ ।

विगत ३ दिन यता पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या दोब्बर बढेर ३४ जना पुगेको छ । यसरीनै गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी कोभिड १९ पुष्टि हुनेको संख्या १ सय ४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।