‘द भाइब्ज’ ब्यान्डको ‘जन्मदिनको शुभकामना’ बजारमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली ब्यान्ड ‘द भाइब्ज’ ले ‘जन्मदिनको शुभकामना’ भन्ने नयाँ गीत सार्वजनिक गरेको छ । जन्मदिनको अवसरमा दिइने मिठा शुभकामना समेटेर बनाइएको यस गीतका संगीतकार रोहित क्षेत्री हुन् ।

ब्यान्डका गायक प्रयीन सिंहले फेसबुकको बर्थडे विश फीचरबाट प्रेरीत भएर सो गीत बनाएको जनाएका छन् । आफ्ना मित्रहरू तेज बिनोद (गीतकार), र रोहित छेत्री (संगीतकार) को सहयोगमा जन्मदिनको गीत रेकर्ड गरेको उनले बताए ।