पक्षघात भएकी आमालाई छोराले जिउँदै पुरे, तीन दिनपछि जिवितै उद्धार


एजेन्सी ।
आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेका छन् । उत्तरपश्चिम चीनमा भएको कहालीलाग्दो घटना हो ।मा भनेर चिनाइएका ५८ वर्षीय पुरुषले आफ्नो आमाको हत्याको प्रयास आरोपमा पक्राउ गरी मुद्दा चलाइएको  छ ।गत मंगलबार ती व्यक्तिका पत्नीले माले आफ्नो आमालाई गाडामा हालेर लगेको र त्यसपश्चात आमा घर नफर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् ।

प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पुरेको स्वीकार गरेपछि सो दिन उनको उद्धार गरिएको थियो ।प्रहरीले चिहान खन्दा मा त्यहीँ उपस्थित थिए । आमालाई जिउँदो पाउँदा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्,’ एक प्रहरी अधिकारीले भने ।

आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार जिवितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

द पेपर डट सीएनका अनुसार माको पिताको मृत्युपछि उनको आमाले दोस्रो विवाह गर्दै कान्छा छोरासँग जान्सु प्रान्तमा बस्न गएकी थिइन् । १२ वर्षीय मालाई भने काकासँग बस्न पठाइएको थियो ।

आफ्नो पतिको मृत्युपछि उनी केही वर्षअघि मात्र जिङवियानमा फर्किएका थिए । केही समय कान्छा छोरासँग बसेकी उनी स्वास्थ्यमा समस्या देखिन थालेपछि मासँग बस्न आएकी थिइन् ।
प्रहरीका अनुसार उनी गत नोभेम्बरमा ओछ्यानमा नै थला परेपछि मा उनीसँग रुष्ट बन्न थालेका थिए ।
द पेपर डट सीएन