हेलिकप्टर दुर्घटना हुँदा चार को मृत्यु


काठमाडौं ।

इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

इन्डोनेसियाली सञ्चारमाध्यमका अनुसार नौ जना सवार हेलिकप्टर जाभा प्रान्तमा भएको उक्त दुर्घटनाका घाइतेहरुलाई केन्डल जिल्लास्थित अस्पतालमा भर्ना गरिएको छ ।

कम ऊचाईमा उडेको हेलिकप्टर दुर्घटना हुनुअघि नै २ जना भने निस्किन सफल भएको र उनीहरू सामान्य घाइते भएको इन्डोनेसियाली सञ्चारमाध्यमलेे जनाएका हुन ।