स्वास्थ्यकर्मीको सम्मानमा गीत

0
Shares

महामारी र कोरोना संक्रमण जोखिमको परवाह नगरी संक्रमितको उपचारमा खटिइरहेका स्वाथ्यकर्मीको सम्मानमा गायक शिव लामीछाने शिवाजले नर्स सङका रूपमा अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी बोलको गीत सार्वजनिक गरेका छन्।

गायक लामिछानेले गीतमा यस्तो विषम परिस्थितिमा पनि आप्नो परिवार र ज्यानको परवाह नगरी अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्ने सन्देश दिएका छन्। सम्पूर्ण स्वास्थ्यकर्मीका लागि नै यो गीत समर्पण गरेको गायक शिव लामिछानेले बताए।

गोपाल देवानको रचना, न्ह्युँ वज्राचार्यको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतले भन्छः
नाइटिंगलको आदर्श, बोकी ओठमा मधुरता
रूपमा होइन गुणमा खुल्छ खाँटी सुन्दरता
सेवा नै हो धर्म तिम्रो सेवा नै हो कर्तव्य

झर्कि फर्की नगर्नु है, औषधी हो तिम्रो मुस्कान
मान्छे नै हो तिमी पनि लाग्छ होला धेरै थकान
कोमल होस् तिम्रो स्पर्श सिस्नो जस्तो नपोलोस्
तिमी नै हौ तिमी नै हौ, मानवताकी विश्व सुन्दरी
अस्पतालको वार्डमा फुल्ने तिमी सुनाखरी।