काठमाडाैँ, (नेस)
डा. गोविन्द केसीले दार्चुला सदरमुकाम खलंगामा अवस्थित जगन्नाथ मन्दिरको प्रसाद ग्रहण गर्दै पूर्वघोषित दुईदिने सत्याग्रह अन्त्य गर्नुभएको छ ।
उहाँले सत्याग्रह तोड्दै जारी गर्नुभएको विज्ञप्तिमा सरकारको ध्यान मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित हुनुपर्ने कुरा औंल्याउनुभएको छ ।
दूरदराजलगायत सबै ठाउँका मानिसले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने र त्यहाँका जेहेनदार विद्यार्थीले निःशुल्क वा न्यून शुल्कमा डाक्टर वा स्वास्थ्यकर्मी बन्न पाउनुपर्ने माग बारम्बार गर्दै आएको उल्लेख छ ।
यसैबीच पछिल्लो समय भारतले नेपालको पश्चिमी सीमा मिचेर सडक बनाएपछि मिचिएको भूमि फिर्ता तथा सार्वभौमसत्ताको रक्षाका लागि समाजको ध्यान तान्न आफूले सत्याग्रहका लागि दार्चुला रोजेको डा. केसीले बताउनुभएको छ ।











प्रतिक्रिया