भारतमा नोभेम्बरमै कोरोना फैलिएको दावी


नयाँदिल्ली, (एजेन्सी)

भारतमा कोविड १९ को पहिलो केस दक्षिण भारतका केरल राज्यमा भेटिएको थियो । तर केही वैज्ञानिकहरुलले भारतमा कोरोना भाइरस सन् २०१९ देखि नै फैलिरहेको दावी गरेका छन् ।

वैज्ञानिकका अनुसार कोरोना भाइरसको इन्डियन स्टे«नको एमआरसीए ( मोस्ट रिसेन्ट कम एन्सेस्टर) नोभेम्बर २०१९ मै फैलिरहेको थियो ।

भारतको शिर्ष अनुसन्धान संस्थाका वरिष्ठ वैज्ञानिकले वुहानको नोवेल कोरोना भाइरस स्ट्रेनको ठीक पहिलो रुप सन् २०१९ डिसेम्बर ११ मै प्रसार भइरहेको अनुमान गरेका छन् ।

एमआरसीए नामक वैज्ञानिक प्रविधिको प्रयोग गर्दै वैज्ञानिकहरुले अहिले पनि तेलंगाना र अन्य राज्यमा कोरोना भाइरसको जुन स्ट्रेन फैलिरहेको छ त्यो नोभेम्बर २६ र डिसेम्बर २५ को बीचमा उत्पन भएको अनुमान गरेका छन् । यसको औषत तारिक डिसेम्बर ११ बताइएको छ ।

भारतमा जनवरी ३० भन्दा अघि नै चीनबाट आउने यात्रीका माध्यमबाट कोरोना भाइरस प्रवेश गरिसकेको अनुमान गरिएको छ । तर त्यतिबेला देशमा धरै परिमाणमा कोविड १९ को परिक्षण नभएकोले सत्य के हो, पत्ता लगाउन गाह्राे हुने बताइएको छ ।