कोरोना संक्रमितलाई भरतपुर लगियो


घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवलपरासीको पहाडी गाउँपालिका बुलिङगटार ४ का कोरोना संक्रमित १६ वर्षीय किशोरलाई उपचारका लागि भरतपुर लगिएको छ ।
भारतबाट आई कपिलबस्तुको बाणगंगा क्वारेन्टाईनमा बसेको बेला उनको स्वाव संकलनगरी परीक्षणका लागि पठाईएको थियो ।

मंगलबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिड.गमा उनमा कोरोना संक्रमण देखिएको जनाएको थियो ।
जतिबेला संक्रमित किशोर कावासोती हुदै आफ्नो गाउं बुलिड.गको क्वारेन्टाईनमा पुगिसकेका थिए ।

अहिले उनको कोरोना विशेष अस्थाई अस्पताल भरतपुरमा उपचार भईरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा बिनोद बिन्दु शर्माले बताउनु भयो ।

किशोर सहित नवलपरासी पूर्वमा १० जनामा कोभिड १९ पुस्टी भएको हो । जस्मा १ युवती कोरोना जितेर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै पश्चिमको रामग्राम नगरपालिका १७ का २२ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको हो ।

रामग्रामका संक्रमित युवा यही जेठ १ गते भारत उत्तर प्रदेश राज्यको सितापुरबाट नेपाल आएका थिए । नेपाल आएर २ दिन पछि मात्र ति युवा सदरमुकाम परासीमा रहेको आदर्श मावि क्वारेनटाइन पुगेको बताईन्छ ।

संक्रमित २२ वर्षीय युवाको स्वाव संकलन गरी पिसीआर परीक्षणका लागि राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो ।
यस अघि रामग्राम नगरकै ३ र १८ मा पनि दुई जनामा कोरोना पुस्टी भएको थियो । उनीहरुको हाल बुटवलमा उपचार भैरहेको छ ।

यस्तै छिमेकी सरावल गाउँपालिका १ निवासी २६ वर्षका एक पुरुषमा पनि कोभिड संक्रमण देखिएको थियो । जेठ ४ गते भारतबाट आएका उनी सरावलकै महेन्द्र मावि गडौरी क्वारेन्टाईनमा बसेका थिए ।

२६ वर्षीय ति पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टी भए पछि उनलाई भैरहवा भीम अस्पताल पठाईएको छ । योसंगै पश्चिम नवलपरासीमा हाल सम्म ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये सिमावर्ती गाउँपालिका सुस्ता र प्रतापपुरका ३ जना भैरहवा अस्पतालमा उपचार गराई कोरोना मुक्त भएर सोमबार घर फर्किएका छन् ।

भारतमा रहेका नेपालीहरु घर फर्कने क्रमसंगै जिल्लामा स्वाव परीक्षणको दायरा फराकिलो हुदै जांदा संक्रमण देखिने क्रम पनि बढ्दै गएको छ ।