नेकपा संस्थापकका छोराले कर नतिर्न भने !


न्युज अफ नेपाल, काठमाडाैँ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले हालको केपी ओली सरकारसँग प्रतिकारमा उत्रन आग्रह गरेका छन् ।  विगत ७० दिन देखी लकडाउन जारी रहदै आएको अवस्थामा कर तिर्नु भन्नु गलत रहेको ठम्याइ सहित उनले उक्त सरकारी निर्णयको प्रतिवाद गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन ।

कर सम्बन्धमा सरकारले अनुदार निती लिए पछि सो निर्णयको प्रतिकारमा उत्रन उनले फेसबुक स्टाटसमा लेखेका छन् ‘हैन यो सरकार के सोच्दछ विगत ७० दिन देखी बन्द छ कहाँबाट तिर्ने कर । यो सहुकार र सामन्ती व्यवहार भयो । यो निर्णयको प्रतिकार गरौ’ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दा र बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा लकडाउनका कारण मर्कामा परेकाहरुलाई राहत हुने गरी बजेट ल्याएको दाबी गरेका थिए । तर सोमबार २० गते आन्तरिक राजश्व विभागले व्यवसायीलाई लक्षित गर्दै जेठ २५ गते भित्र सबै प्रकारका कर बुझाउन भन्दै सुचना जारी गरेको थियो । उक्त सुचनाले पुष्पलाल पुत्र उमेशलाल समेत सरकारसँग भडकिएका छन् ।

उनी भन्छन ‘यस्तो अवस्थामा कर तिर भन्नु यो सरकारको सरासर आत्मघाती कदम हो’ । सरकारको उक्त निर्णयको सर्वत्र आलोचना भैरहेको छ भने निजी क्षेत्र स्तब्ध बनेको छ ।

उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका छोरा हुन ।