समस्यामा परेकालाई सहयोग


काठमाडौं, (नेस)

लैनचौर नारायण मन्दिर व्यवस्थापन समाज र लैनचौर तेक्वान्दो डोजाङको संयोजनमा कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका काठमाडौं महानगरपालिका–२६, लैनचौरका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ ।

डोजाङका प्रमुख गौरव रजकले जनाए अनुसार ७० परिवारलाई १ हजार ५ सयका दरले नगद प्रदान गरियो । लैनचौरमै रहेको बहिरा संघलाई पनि सहयोग स्वरूप १० हजार रुपियाँ प्रदान गरिएको रजकले जानकारी दिए । सहयोगका लागि अमेरिकामा रहेका रजकका आफन्तले आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ ।