गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित


न्यूज अफ नेपाल, काठमाडौँ ।

पर्यटकीय क्षेत्र गण्डकी प्रदेश पनि कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनले प्राय सुनसान छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीले विश्वका सम्पन्नशाली मुलुकहरु पनि यतिबेला कोरोना संक्रमणले आक्रान्त भएकै छन् । नेपाल पनि त्यसको एक हिसा हो ।

गण्डकी प्रदेशको कोरोना संक्रमणको अध्यावधिक अनुसार पिसिआर परिक्षण ३ हजार ९ सय ६३ मा संक्रमितको कुल संख्या ३७ र निको भएका ३ जना रहेका छन् । त्यसैगरी क्वारेन्टाईनमा ३ हजार ६ सय ५८ जना रहेका छन् भने आरडिटि परिक्षण ९ हजार १ सय ५१ जनाको भएको र १३ जना आइसोलेसनमा राखिएको छ ।