९ सय बिपन्नलाई समाजसेवी बरालको सहयोग

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

कोरोना संक्रमणको नेपाल प्रवेशसँगै दिन दुखीको सेवामा खटिनु भएका ओखलढुंगा बिपत ब्यवस्थापन समाजका सहअध्यक्ष समेत रहनु भएका गुरु केदार बरालको पहलमा अहिले सम्म ९ सय भन्दा बढी मानिसलाई राहत बितरण गरिएको छ ।खासगरी ओगलढुंगाबाट काठमाडौ आएर बसोवास गरिरहेका ब्यक्तिहरुलाई गुरु केदार बराल सहितको टोलीले अहिले राहत बितरण गर्दै आएको छ ।

बिहान बेलुकी खान समेत धौ-धौ परेका परिवारलाई अहिले राहत जोहो गर्ने र बितरण गर्ने काम बरालको दैनिकी नै बनेको छ ।अध्यात्मका साथै जोतिषी तथा झारफुकलाई समेत निरन्तरता दिदै आउनु भएका उहाँले ओखलढुंगाका क्रियाशिल राजनीतिक दललाई समेत साथमा लिएर हिड्नु भएको छ ।

सानैमा बनझाँक्रीले लगेर बिद्यादिएपछि अहिले उहाँको पेशा झांक्री भएको छ । सामाजिक सेवामा लाग्नु भएका बराल लायन्स क्लवको अध्यक्षमा समेत हालै चयन हुनु भएको छ ।उहाँले राज्यले मात्र सबै नागरिकलाई सेवा दिन नसकिरहेको बेला सबैसंग मिलेर दिनदुखीको सेवामा समेत लाग्नु भएको छ । कुनैपनि ब्यक्ति भोकै बस्नु नपरोस भन्ने अभियानमा लाग्नु भएका बरालले सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुलाई पनि साथमा लिएर आफ्नो अभियानलाई तीव्रता दिनु भएको छ ।

आफ्नो कमाईको केही हिस्सा र साथीहरुको सहयोगमा अभियान संचालन गरेको बताउदै आउनु भएका बरालले लकडाउन लम्बिदै गएपनि त्यसको ब्यवस्थापनमा आफु लाग्ने बताउनु भयो ।