ताप्लेजुङका दलित अगुवाहरुद्वारा जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

जेष्ठ १६ ताप्लेजुङका दलित अगुवाहरुले रुकुम जिल्लामा नवराज विक सहित ४ जानको हत्याको सत्यतथ्य छानविनको माग गर्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय तापलेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञपनपत्र बुझाएका छन् ।

गत जेष्ठ १० गते रुकुम जिल्लाको चौरजहारी नगरपालिका ८ मा नवराज सहित ४ जना हत्या भएको घटनाको विरोधमा ताप्लेजुङको सदरमुकाम फुङलिङमा प्रेसविज्ञप्ति जारी गरेको छ । जाजरकोट जिल्ला भेरी नगारपालिका ४ रानागाउँ बस्ने नवराज विक र चौरजहारी नगरपालिका ४ की सुष्मा मल्लबिच प्रेम विवाह हुन नदिनलाई योजनाबद्ध हत्या गरिएको प्रेसविज्ञाप्तिमा उल्लेख गरीहको छ ।

हत्या गरिएका, घाइते र वेपत्ता परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थ गर्न, हत्याकाण्डको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समितिको निर्माण गरेर बाहिर ल्याएर कुनै पनि राजनीतिक दबाव र प्रभावबाट मुक्त भएर दोषीलाई हदैसम्मको कारबाहीको माग ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

नेपाली जनताको त्याग,तपस्या र बलिदानको जगमा मुलुक छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १२ वर्ष भएपनि अहिले सम्म यो वा त्यो बहानामा दलित समुदायमाथि पटक—पटक भइरहेको हत्याका घटनाले शासन व्यवस्था परिवर्तन भएपनि सामाजिक संरचना, मानसिक सोँच र व्यवहार आजसम्म नभएको ज्ञपनपत्रमा उल्लेख गरिएको छ । दलित समुदायलाई राजनिितक परिर्वतन र सत्ता प्राप्तिको भ¥याङ्खको रुपमा मत्रै नलिन ज्ञपनपत्रमार्फत बिशेष आग्रह गरेको छ ।