एटिएम फुटाएर नगद चोरी गर्दागर्दै पक्राउ

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर।

भक्तपुर प्रहरीले एनआईसी एसिया बैंकको एटिएम फुटाएर नगद चोरी गर्न लागेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई एटिएम फुटाउँदै गर्दा गएराति पक्राउ गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–६, बाहखा बजारमा रहेको सन्जिव चित्रकारको घरको भुँइतलामा एनआइसी एसिया बैंकको एटिएम रहेको छ । एटिएम तोडफोड हुँदैछ भन्ने सूचना पाउनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट घटनास्थल पुगेका प्रहरीले ह्याम्बर, स्क्रु डाइभर, मेसिनको वाहिरी कभर र रोलर डण्डीसहित तामाङलाई नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले तामाङलाई वृत्तले हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताउनुभयो ।