न्युज अफ नेपमल, दाङ ।
कोरोना बिशेष अस्पताल बेल्झुण्डीमा भर्ना भएका आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ११, गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नं. ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।
निको भएर घर फर्किनेहरु १८ बर्ष देखी ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डाक्टर सर्बेश शर्माले जानकारी दिनुभयाे । शुक्रबार अस्पतालले उनिहरुलाई फूलका गुच्छा दिएर विदाई गरेको छ । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ ।











प्रतिक्रिया