सञ्जय कार्की, रौतहट ।
रौतहटको एक स्थानीय तहको क्वारेन्टाईमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएपछि थप उपचारको लागि आईसोलेसनमा लैजाने क्रममा झडप भएको छ ।
बिहीबार मात्रै ईशनाथ नगरपालिका– ७ स्थित जोकाहामा रहेको अनवारुल इस्लामीक मदरसाको क्वारेन्टाइनमा रहदै आएका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि उनीहरु लाई गरुडा नगरपालिका स्थित जिगडियामा रहेको प्रहरी आबासिय बिद्यालयमा निर्माण गरिएको आईसोलेसनमा लैजाने क्रममा स्थानीय र प्रहरी बीच झडप भएको हो ।
कोरोना संक्रमित ती दुई स्थानीय लाई आफनै नगरपालिकामा उपचार गराउनु पर्ने भन्दै ठुलो संख्यामा भेला भएका स्थानीयले कोरोनाको संक्रमित लाई लैजान नदिन खोजेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । स्थानीयको ढुङ्गामुुडाले प्रहरी चढेको भ्यानमा सामान्य क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबीराज खडकाले कोरोना भाईरसको संक्रमण फैलन नदिन स्थानीय प्रशासनले गरेको निर्णय प्रहरीले कार्यान्वयन गर्ने गरेको बताउनु भयो । कोरोना संक्रमित लाई थप उपचारको लागि आईसोलेसनमा लैजाने क्रममा स्थानीय सग झडप भएको उहाले बताउनु भयो ।











प्रतिक्रिया