नेकपा स्याङ्जाका अध्यक्षद्वारा तीन पालिकालाई तीन लाख बराबरको सहयोग

0
Shares

भूपराज बस्याल, स्याङ्जा ।

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ले तीन पालिकालाई तीन लाख बराबरको खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

कोरोना भाइरस ९ कोभिड १९ ० को उच्च सतर्कताका लागी पालिकाको क्वारेन्टाईन राखिएकाहरुको लागि स्याङ्जा जिल्लाका तीन पालिका गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालिगण्डकी गाउँपालिकाको राहत कोष मार्फत गैरेले बिहिवार सहयोग गर्नुभएको हो ।

एक पालिकालाई एक लाख बराबरको सहयोग गर्नुभएको उहाँले तिनै पालिकाको लागि जम्मा ९० बोरा चामल, ९० लिटर खानेतेल, १२० केजी दाल, ९० केजी नुन, १४४ बोतल स्यानिटाइजर, बिस्कुट र ब्रेड सहयोग गर्नुभएको हो । सामाजिक क्षेत्रमा सक्रिय युवा नेता पारस स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र २ ‘ख’का उम्मेदवारसमेत हुनुहुन्थ्यो ।