घनश्याम बगाले, नवलपरासी ।
पूर्वी नवलपरासीमा शुक्रबार दुई जनामा कोभिड १९ संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार देवचुली ११ का १९ वर्षीय र देबचुली १५ का २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
अघिल्लो दिन देवचुली १ का १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । उनलाई भरतपुरमा र अर्का २ जनालाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएकोछ ।
संक्रमित ३ जना देवचुली नगरपालिका वडा नं.१४को जनज्योति नमूना मा.वि. क्वारेन्टाईनमा बसेकै समयमा पिसीआर परीक्षण गर्दा कोभिड १९ पुष्टी भएको हो ।
संक्रमित ३ जनाको स्वाव परीक्षण कोरोना विशेष अस्थाई प्रयोगशाला भरतपुर अस्पतालमा गरिएको थियो । संक्रमित २१ वर्षीय पुरुषसंग सुनौलीबाट देवचुली प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स चढेर देवचुलीकै अर्का एक पुरुष र कावासोतीका ३ पुरुषसंगै आएको बताइएको छ ।
संक्रमित मध्ये १९ वर्षीय पुरुष भारतको महाराष्ट राज्यको चित्लुड.गबाट र अर्का २१ वर्षीय भारत उत्तर प्रदेश गाजिपुरबाट सुनौली नाकामा आएका थिए ।











प्रतिक्रिया