कैदीबन्दीको सुरक्षा आर्मीले, क्वारेन्टाइनकाे सुरक्षामा प्रहरी

0
Shares

दयाराम पण्डित, बाजुरा ।

निमित्त प्रमुुख जिल्ला अधिकारी शमीर भण्डारीले कारागार शुरक्षामा नेपाली सेनाको सहयोग लिने बताउनुभएको छ ।“ कोरोना अर्थात कोभिड ९०को संक्रमणका कारण बाजुरामा पछिल्लो समयमा देश बाहिरबाट आउनेको संख्या बढेकोले तत्कालाका लागि मौजुदा प्रहरीलाई ब्यबथापन गर्न उक्त निर्णय गरेको बताउनुभएको छ ।

कम्तीमा १५ देखि २० हजार मानिस भारतबाट आउने अनुमान छ ।देश प्रदेशबाट आएका नागरिकलाई १४ देखि २१ दिन सम्म अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्छ ।”

जिल्लाका अन्य ग्रामीण क्षेत्रका क्वारेन्टाइनमा आबस्यक शुरक्षा प्रत्याभुति दिलाउन तत्काल प्रहरी पठाउनु पर्ने अबस्था छ । मौजुदा प्रहरी दिनरात खटिएका छन् । हेल्पडेस्क देखि क्वारेनटाइन सम्मप्रहरी नै छ । सरकारको मापदण्ड अनुसार ब्यबस्थापन गर्न थपप्रहरी परिचालन गर्न पहल भैरहेको सहायक प्रजिअ भण्डारीले बताउनु भयो ।

यसैगरी विगत लकडाउनको समयमा विहान सात बजे देखि बिहान ११ बजे सम्म दैनिक उभोग्य बस्तुका पसल खोल्ने निर्णय भएको छ। त्यसैगरी क्वारेनटाइन शुरक्षाका लागि स्थानीय तहवाट स्वंसेवक परिचालन गर्नु अनुरोध गर्ने निर्णय भएको छ । निमित्त प्रमुखजिल्ला अधिकाी भण्डारीले बताउनुुभयो ।

“ यस्तो महामारी प्रकोपको बेला केही हद सम्म भएपनि सेनाले कारागार शुरक्षा गर्छ । कारागारका १७ जना प्रहरी क्वारेन्टाइन शुरक्षाका लागि पठाउन जिल्ला शुरक्षा समितिले आजै निर्णय गरेको समजित गुल्मका गुल्मपति एबं सेनानी रबिन श्रष्ठले बताउनुभयो । कारागार शुरक्षा दिन हामी तत्पर छौं । ”

तर, प्रक्रियामा केही दिन लाग्न सक्छ । श्रेष्ठले भन्नुुभयो- ”बाजुरामा आजै थप ६८६ जनाश्रमिकहरु भारतबाट जिल्ला भित्रिएका छन् । ८६ जना छिमेकी जिल्लाका छन् ,तिनिहरुलाई आजै गृह जिल्ला पठाइएको छ । बांकी सबै बाजुराकै हुन् । यस्तो अबस्थामा सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गरौं ।”

 

 

जिल्ला स्वस्थ्य कार्यालय बाजुराका प्रमुख एबं वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार बाजुरामा बुधबार सम्म ८५१ जना क्वारेनटाइनमा राखिएका छन् । जिल्ला भरी ७५ क्वारेन्टाइन छन् भने १४ सय वेड तयार परिएको छन् । प्रदेशवाट घर फर्किनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

पन्तले भन्नुभयाे- हाल सम्म त धानेकै छौं । अझै क्वारेन्टाईन बसाल्नु पर्ने हुन सक्छ । तर हामी संग प्रयाप्त साधन श्रोत छैन। कोभिन संक्रमणबाट नागरिक बचाउन स्थानीय तह सक्रिय भएर लागेका छन् । यद्धेपी प्रदेश र संघबाट समयमा किड, पिसीआर र भिटिएम लगायतका स्वास्थ्य सामाग्री प्राप्त भएमा परिक्षण गरेर क्वारेन्टाइन पठाइन्थ्यो तर, हाल समान्य चेकजांच गरेर पठाउने गरेको कार्यालय प्रमुख पन्तले बताउनुुभयो ।

हामीसंग भएको सब प्रहरी जनशक्ति क्वारेन्टाइन लगायत जिल्लाको सुरक्षामा तैनाथ गरर्ने छौ भने नेपाली सेनालाई कारागार शुरक्षाका लागि सहयोग मागेका छौं ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराइले जानकारी दिनुभएको छ ।

बाजुरामा हाल २८१ जना प्रहरी दरबन्दी छ । ४१ जना विरामी विदा तथा लकडाउनका कारण बाहिर छन् । बाँकी सबै जिल्लामा कारर्यरत रहेको प्रहहरी नायव उपरिक्षक भट्टराइले जानकारी दिनुभयो ।

जिल्ला भरी हाल ७५ क्वारेन्टाइन छन् भने प्रत्यक क्वारेन्टाइनमा बडीमालिका नगरपालिकामा मात्र चार जना प्रहरी शुरक्षार्थ खटिएका छन् भने अन्य ठाउँमा दुुइजनाका दरले प्रहरी परिचालन गरेको बताइको छ ।

पछिल्लो समयमा भारतबाट घरफर्केर ग्रामीण भेगका क्वारेन्टानमा बसेका मानिस दिउसो काफल खान जाने र राती घर सुत्न जाने गरेको पनि पाईको छ। सामान्य ज्वरो बाहेक चेक जाँच कसैको हुदैन । कसलाई कोरोना संक्रमण छ वा छैन ।

त्रास बढ्दै गएको छ स्थानीयले बताएका छन् । हालसम्म बाजुराका विभिन्न स्थानीय तहमा ७५ वटा क्वारेन्टाइनमा १४सय बेडको व्यबस्था छ आजै थप ६ सय जना जिल्लामा भित्रिएका छन् । बिहिबारसम्म पनि ५१ जनालाई क्वारेन्टाइन बेड अपुुग देखिन्छ ।