निलम्बित सांसद आलमको घरमा खानतलासी, १२ राउण्ड गोलि प्रहार


सञ्जय कार्की, रौतहट ।

पुर्पक्षको लागि काठमाडाैँको नख्खु कारागारमा कैद जीबन बिताइरहेका प्रतिनिधि सभाका निलम्बित सासद मोहम्मद अफताब आलमको रौतहटको राजपुर नगरपालिका स्थित घरमा प्रहरीले गएराती खानतलासी गरेको छ । उनको भाई मोहम्मद महफताब आलम घर आएको सुचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोलिले स्थानीयको अबरोधका कारण १२ राउण्ड गोलि प्रहार गरेकोे जनाएको छ ।

१२ बर्ष अघिको राजपुर फरहदवामा भएको बम बिस्फोट घटनामा दुई जनाको कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौरले पक्राउ पुर्जी जारेका मोहम्मद महताब आलमलाई पक्राउ गर्न पुगेको प्रहरी टोलिले १२ राउण्ड गोलि चलाएको हो तर उनी पक्राउ भने परेनन । मध्यरातमा भएको प्रहरीको छापामारी प्रती स्थानीयले बिरोध जनाएका छन ।

लकडाउनको समयमा जनप्रतिनिधि बिनानै प्रहरीले मध्यरातमा छापा मार्नु निन्दनीय रहेको स्थानीयको भनाई रहेको छ । प्रहरीले छापा मार्ने क्रममा घरको मुलगेट फोडिएको, घरभित्रको दराज समेत फोडेको स्थानीयले आरोप लगाएका छन । प्रहरी उपरिक्षक रबीराज खडकाले भने फरार आलमलाई पक्राउ गर्न जादा सो गाउका ४/५ सय स्थानीयको अबरोध पछि प्रहरीले गोलि चलाउन बाध्य भएको बताउनु भयो ।

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा जिल्ला अदालत गौरको आदेशमा नेपाली कांग्रेस नेता, पूर्वमन्त्री एवंम प्रतिनिधि सभाका निलम्तिब सासद मोहम्मद आफताब आलम पुर्पक्षको लागि काठमाण्डौको नख्खु कारागारमा रहेका छन भने उनको भाई मोहम्मद महताब आलम सहित ११ जना प्रतिवादी फरार रहेका छन ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साझ पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवा स्थित गोठमा भएको बम विस्फोट घटनामा दुई जनाको मृत्यु भएको बिषयमा नेपाली कांग्रेस नेता, पूर्वमन्त्री एवंम प्रतिनिधि सभाका निलम्तिब सासद मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह सहित ११ जनालाई प्रतिबादी बनाइएको हो ।