नेपालमा काेराेना संक्रमितकाे संख्या ४४४ पुग्याे


न्युज अफ नेपाल, काठमाडाैँ ।

नेपालमा काेराेना संक्रमितकाे संख्या ४४४ पुगेकाे छ । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा गरीएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टी भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिका- ३,६,८ का १८, १८, १९, १९, २२, २३, २५, २६, २६, २८, ३०, ३२,  ३७ र ४६ वर्षका पुरूष रहेका छन् । त्यस्तैगरि, धनकुटाका ३४ वर्षीय पुरूष, सुनसरीको धरान उपमहानगरपालिका निवासी  ५१ वर्षीया महिला रहेका छन् ।

संक्रमितहरुमध्ये २ जनाको निधन भइसकेको छ भने ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।