पर्वतमा संक्रमणको सामना गर्न पूर्व तयारीका लागि सबै स्थानिय तहसंग छलफल

कुस्मामा जनप्रतिनिधीद्वारा बहिष्कार

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पुर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाका सातै स्थानिय तह संग समन्वय बैठक गरेको छ । भारत र तेस्रो मुलुकबाट आगामी दिनमा भित्रने जिल्लाबासीहरुको ब्यबस्थापन र संक्रमण जुध्नका लागि पुर्व तयारी गर्न स्थानिय तह संग भचुर्यल र कार्यालयमा नै बैठक गरेको हो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भर्चुअल बैठक र समन्वय बैठकको कुस्मा नगरपालिकाका प्रमुख सहितका केही जनप्रतिनिधीले भने ‘बहिष्कार’ गरेका छन ।

जिल्ला प्रशासन कार्यालयले सोमबार महाशिला, पैंयु र बिहादी गाउँपालिका संग नयाँ रणनितीका बारेमा भर्चुअल बैठक सम्पन्न गरेको थियो भने मंगलबार जलजला र मोदी गाउँपालिका संग पनि यस्तै बैठक सम्पन्न गरकोे छ । बुधबार कुस्मा र फलेबास नगरपालिका संग पनि बैठक सम्पन्न भएका छन ।

फलेबास नगरपालिका संग भर्चुअल बैठक गरेको छ भने कुस्मा नगरपालिका संग शुरुमा भर्चुअल बैठककै तयारी भएपनि पछि जिल्ला प्रशासन कार्यालयमै बैठक सम्पन्न भएको छ । बैठकमा अन्य पालिकाका प्रमुख र वडा अध्यक्षहरु भचुर्अल बैठकमा सहभागी भएका थिए भने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने तथा बहुमत वडा अध्यक्षहरु बैठकमा सहभागि भएनन ।

नगर प्रमुख जोशी सहित बहुमत वडा अध्यक्षहरुले बैठक बहिष्कार गरेको बताएपनि प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी सहित चार वटा वडाका अध्यक्ष भने बैठकमा सहभागी भएका थिए । सबै पालिकाहरु संगको बैठकमा भारत र तेस्रो मुलुकबाट जिल्लामा भित्रनेहरुको ब्यबस्थापन र संक्रमण फैलन नदिनका साझा रणनिती बनाउन सबै पालिकाहरु सहमत भएका छन।

भारत र तेस्रो मुलकबाट आउनेलाई शुरुमा सामुदायिक क्वोरन्टाईनमा राख्ने र पिसिआर परिक्षणमा पोजेटिभ देखिएमा आइसोलेसनमा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । पिसिआर परिक्षणमा नेगेटिभ आएपनि क्वारेन्टाईन र होम क्वारेन्टाईनमा निश्चित अबधी सम्म राख्ने निर्णय समेत बैठकले गरेको छ । यस बाहेक संक्रमण बढेर मृत्यु हुने अबस्था आएमा शब ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत सहमति भएको छ ।

यता बैठक बहिष्कार गर्ने कुस्मा नगरपालिकाका जनप्रतिनिधीहरु ले प्रमुख जिल्ला अधिकारीले जनप्रतिनिधीलाई हेपाहा व्यवहार गरेको आरोप लगाएका छन । प्रमुख जिल्ला अधिकारीले अधिकाँश निर्णय आफुखुशी गर्ने, समन्वय गर्दै नगर्ने जनप्रतिनिधीलाई मैले टेर्दिन भन्ने, वडाध्यक्षलाई थुन्दिन सक्छु भन्ने जस्ता अभिव्याक्ति दिने गरेकोले बैठकमा उपस्थित हुन नसकेको कुश्मा नगरपालिका ११ पकुवाका अध्यक्ष शिव पौडेलले बताएका छन ।

‘सिडियो सावको व्यवहार हेपाहा भयो,’ पौडेलले भने,‘ त्यसैले बैठकमा बस्न उचित मानेनौँ । कुस्मा नगरपालिका संगको बैठकमा प्रमुख जोशी, उपप्रमुख लामिछाने, वडा नं १,२,४,५,६,९,११,१३ र १४ का वडा अध्यक्ष अनुपस्थित रहेका थिए भने वडा नं ३,७,१० र १२ का वडा अध्यक्ष सहभागी थिए ।

प्रशासनले कुश्मा नगरपालिकाका सबै जनप्रतिनिधिलाई बैठकमा नबोलाएको भन्दै जनघनत्व बढी भएका बजार क्षेत्रका वडा अध्यक्षलाई मात्र बोलाउन नगरपालिकालाई अनुरोध गरेको जनाएको छ । पछिल्लो समयमा कुस्मा जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारीका बिचमा बिभिन्न बिषयमा बिबाद समेत हुँदै आएको घटनालाई यो बैठक संग समेत जोडेर हेरिएको छ ।