पेलोसीले ट्रम्पलाई ‘मोटे’ भनेपछि…

0
Shares

वासिंगटन,एजेन्सी ।

अमेरिकाका वरिष्ठ डेमोक्रेट नान्सी पेलोसीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिक वजनमा ‘ नसुहाउने किसिमकै मोटे ’ भनी प्रतित्रmिया दिएको आरोप लागेको छ । ट्रम्पले आफुलार्इ कोभिड १९ बाट जोगाउन औलोका बिरामीहरु माथि प्रयोग हुने हाइड्रोक्सीक्लारोक्वाइन नामक औषधि सेवन गरिरहेको खवर सार्वजनिक भएपछि पेलोसीले उनलाई ‘ अत्यधिक शारिरीक वजन समुह ’ मा पर्ने व्यक्ति भएको बताएको आरोप लगाइएको हो ।

ट्रम्पले सेवन गरिरहेको औष्धिले केरोना भाइरसबाट जोगाउने कुनै प्रमाण छैन । बरु यसले मुटुका समस्याहरु देखापर्न सक्ने स्वास्थ विशेषज्ञहरुको भनाई रहेको छ । विशव स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले मानिसहरुलाई आफैं जान्ने भएर जथाभावी औषधिहरु सेवन नगर्न र त्यसले शरिरलाइृ गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै आए पनि ट्रम्पले पटक पटक हाइड्रोक्सीक्लोरोक्वाइन कोभिडबाट बच्न लाभकारी भएको बताउँदै आएका छन् ।

भारतमा यो औषधि ठूला परिमाणमा उत्पादन हुने गर्दछ । भारतको मोदी सरकारले केहि समय यसको निर्यातमा रोक लगाउँदा ट्रम्पले त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका थिए ।