मिर्चैयामा एक जनाको शव फेला

0
Shares

सुभेन्द्र दास,लहान ।

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ । शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए ।

मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीलाई सूचना दिएको इलाका प्रहरी कार्यालय मिर्चैयका प्रमुख डिएसपी सन्तुलाल जयशवाले जानकारी दिए । शव कुहिएर उठाउनै नसक्ने अवस्थाका रहेकाले परीक्षणका लागि रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालका चिकित्सक बोलाइएको प्रहरीले बताएको छ । प्रहरीले घटनाबारे छानविन भइरहेको जनाएको छ ।