झापामा १५ जना कोरोना सङ्क्रमित

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिमा क्वारेनटाइनमा बसेकामध्ये १५ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार एक जना र मङ्लबार ९ जना र बुधबार ५ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखि उनीहरू सबैको स्वाब पीसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ । उनीहरु सवै कचनकवलवासी हुन् ।

उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरु सवैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । कोरोना पुष्टि भएपछि बुधबार वसेको पालिकाको वैठकले जेठ ११ गते सम्म सिल गर्ने निर्णय गिरिएको पालिका अध्यक्ष अञ्जरा आलामले जानकारी दिनुभयो ।