सिसडोल क्षेत्रका ४७२ जनाको कोरोना परीक्षण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहोर प्रभावित क्षेत्रका ४७२ जना स्थानीयको आज कोरोना परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिनुभयो ।

महानगरका स्वास्थ्य सहायक ऋषि भुषालकाअनुसार ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० जना र भवानी मा। वि। बाट १५२ जना गरी ४७२ जनाको परीक्षण गरिएको हो । यसमध्ये स्वास्थ्य चौकीमा १४० जनाको आरडिटि र ५० जनाको पिसिआरबिधि र भवानी मा. वि. बाट १८० जनाको आरडिटि र १०२ जनाको पिसिआर बिधिबाट परीक्षण गराइएको थियो ।

हामीले फोहोरको अन्तिम व्यवस्थापन हुने सिसडोलको सन्निकट (फोहोर प्रभावित) क्षेत्रका स्थानीयबासीको प्रतिनिधिमुलक परीक्षण गराएका हौं । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — आजको परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङ्को धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौंको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।